वीरगन्जको तरकारी बजारमा फेरि विस्फोट, ३ जना घाइते

तस्बिरः बिएल

विरगन्जमा फेरि बम बिस्फोट भएको छ। बिस्फोटमा परी बारा परवानीपुर ५ बस्ने अमरजित प्रसाद पटेलसहित ३ जना घाइते भएका छन्।

घन्टाघरको उत्तरतिर रहेको तरकारी बजारमा मंगलबार साँझ करिब ८ बजे भएको विष्फोटमा परी तरकारी बजारमा किनमेल गर्न आएका सर्वसाधारणमा ठूलो भागदौड मच्चिएको थियो।

यसअघि विर्ता बजारमा विष्फोट हुँदा एक जना भारतीय नागरिकलगायत ३ जना घाइते भएका थिए।

महानगरको तरकारी बजारमा सधै हुने विष्फाटको कारण सर्वसाधारणहरु आतंकित देखिन्छन्। प्रहरीले दुवै विष्फोलाई पटाका पट्किएकफ दाबी गर्दै आएको छ।

मंगलबार भएको विष्फोटको विषयमा जिल्ला प्रहरी पर्साले अधिकारीक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको पुष्टी गरेको हो।

यस विषयमा प्रहरी नायब उपरीक्षक अनन्त राम शर्माले विष्फोट गराउनेको खोजी भइरहेको जानकारी गराए।

Comments