सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भन्दै घुस लिने पक्राउ

तस्बिरः बिएल

सवारी चालक अनुमतिपत्र बनाइ दिन्छु भन्दै  घुस रकम लिने एक जना युवक पक्राउ परेका छ्न्।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले चालक अनुमतिपत्र बनाईदिन्छु भन्दै ३० हजार घुस लिने एक जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लक्ष्मणवा निवासी सागर तुलाधार छन्।

वीरगन्ज महानगरपालिका ३१ बेल्वा निवासी रेयाज अन्सारीसँग तुलाधारले हेभी गाडीका सवारी चालक अनुमतिपत्र बनाईदिनका लागि भन्दै रकम असुलेका थिए।

तर अन्सारीले पैसा तिरेपछि पनि लाईसेन्स नबनाएपछि तुलाधारविरूद्ध वडा प्रहरी कार्यालय श्रीपुरमा अन्सारीले उजुरी गरेपछि उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

Comments