विरगन्जमा  राष्ट्रिय चलचित्र  महोत्सव हुने

तस्बिरः बिएल

आगामी असोज पहिलो साता विरगन्जमा चलचित्र महोत्सव हुने भएको छ। चलचित्र निर्माता संघको आयोजना  तथा  चलचित्र विकास बोर्ड  र नेपाल उद्योग  वाणिज्य  महासंघको सह आयोजना असोज १,२ र ३ गते वीरगंजमा चलचित्र  महोत्सव हुन लागेको हो।

होटल तथा पर्यटन ब्यवसायी संघ विरगंजको मंगलबारको भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष हरि पन्तले  हिमाल  पहाड तथा तराई सबैको अपनत्व  महशुस  हुने  गरि आयोजना हुन लागेकोले महोत्सव सफल बनाउन सबैको सहयोग आवश्यक रहेको औल्याए।

कार्यत्रममा पर्यटन व्यवसायी संघका प्रमुख  संरक्षक  अनिल रूङ्टाले यस्तो महोत्सव वीरगन्जमा हुनु सम्पूर्ण  वीरगन्जबासीका लागि गौरवको विषय भएको बताए।

कार्यक्रममा निर्माता  संघका अध्यक्षले  वीरगन्ज  पर्यटनको मामिलामा पछि  परेकोले पर्यटन  मन्त्रीको विशेष आग्रहमा यो महोत्सव २ नम्बर  प्रदेशको वीरगन्जमा गर्न  लागिएको बताए।

वीरगन्ज  उद्योग  वाणिज्य  संघका अध्यक्ष गोपाल केडियासहित होटल  ब्यवसायी सुरेन्द्र  मान  श्रेष्ठ, अनिल रूङ्टा, कुनाल श्रेष्ठ, विनोद चौधरी, आनन्द चौरसियालगायतको व्यक्तिहरुको उपस्थिति थियो।

Comments