भारतको रेलमा भेटियो आइभोरी कोस्टका फुटबल खेलाडीको लास

आइभरी कोस्टका खेलाडी डायमन्ड अबाउबाकुर

भारतमा बसेर व्यवसायिक फुटबल खेल्दै आइरहेका आइभरी कोस्टका खेलाडी डायमन्ड अबाउबाकुरको रेलमा मृत शरीर फेला परेको छ। भारतको छत्तीसगढमा आइतबार राती उनको मृत शरीर भेट्टाइएको भारतीय अखबारहरूले जानकारी दिएका छन्।

अबाउबाकुर केरलको टिमबाट फुटबल खेल्थे। उनको गोजीमा भएको पासपोर्टबाट पहिचान खुलेको थियो। घटनको विषयमा प्रहरीले सम्बन्धित दुतावासमा सूचना दिइसकेको छ।

भारतमा उनी गत जुलाईमा आएका थिए। भारतीय दुतावासमार्फत सम्बन्धित देशको सरकारसँग सम्पर्क बनाउने प्रयास भइरहेको बताइएको छ। छत्तीसगढ प्रहरीले घटनाको जानकारी संकलन गरिरहेको जनाएको छ।

Comments