नेपाली नेताको ‘विलास’: ‘किचकन्याको मोहपाश’ बलियो कि आफ्नै धरातल

गत वैशाखमा काठमाण्डूमा एउटा कार्यक्रम थियो। मञ्चमा थिए, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र झलनाथ खनाल आदि नेता। अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल थिएनन्। नेकपाका नेता घनश्याम भुसाल प्रस्ताव राखे, "पार्टी-सङ्गठनभित्र पहिला सत्यनिरूपण गरौँ। को-को के धरातलमा छौँ, त्यो सत्यनिरूपण गरौँ।" 

‘तिकंर काण्ड’ र दार्चुलावासीको भविष्य (भिडियोसहित)

"हाम्रो जीवन कसरी चलेको छ, त्यसको सत्यनिरूपण गरौँ। हामीले के खाँदैछौँ, त्यो सत्यनिरूपण गरौँ।" नेताहरूको जीवनशैलीप्रति भुसालको प्रश्न थियो त्यो। भुसालले त्यस्तो अभिव्यक्ति दिएको तीन महिनापछि उनकै दलका दुई अध्यक्ष ओली र प्रचण्ड विदेश भ्रमणबाट फर्किएका छन्।

ती भ्रमणहरूप्रति सामाजिक सञ्जालमा प्रश्नहरूको ओइरो लागेको छ। कसैले आशङ्का गरेका छन्, कसैले पारदर्शिताको प्रश्न उठाएका छन्।

Comments