सुनको भाउ फेरि बढ्यो, तोलाको ७१ हजार पुग्यो

तस्बिरः एजेन्सी

सुनको भाउ फेरि बढेको छ। अघिल्लो दिन ७० हजारमा कारोबार हुँदै आएको सुन आज मंगलबार तोलाको ७१ हजार रुपैयाँ पुगेको छ ।

मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए।

गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो।

सुनको  भाउ महँगिएसँगै कारोबार ठप्पजस्तै भएको व्यवसायीले बताउँदै आएका छन्।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटबढ भइरहेका कारण नेपालमा पनि भाउ आकासिएको शाक्यले बताए।

Comments