खम्बामा ठोक्किएर र खाल्डोमा परेर लागेका घाउले हाम्रो शरीर कहाँ सग्लो छ र? (भिडियो सहित)

तस्बिरः बीएल

गएको वर्ष, म जुम्ला पुगेका बेला मेरी अपाङ्ग दिदीले रोनाधोना सकाइसकेपछि ‌औंलाले इशारा गर्न थाली । म दिदीलाई 'तँ' नै भन्छु। १५ वर्षभन्दा बढी उमेरको मेरो दाइलाई नि म 'तँ' नै भन्छु। सानैदेखि त्यही भनियो, अझै चलेकै छ । म त्यही 'तँ' भन्ने साइनोभित्रै उनीहरूसँग बढ्ता प्रेम र आत्मीयता अनुभव गर्छु । त्यसैले यो 'तँ' भन्ने शब्दबाट म बाहिर निस्किनै सक्दिन ।

अब प्रशंगमा जान्छु ।

दिदीले बुढीऔंला देखाउँदै 'कोही हाकिमसाबसँग भेटेर ल्याप्चे लगाएको' इशारा गरी । र, ल्याप्चे लगाएको ठाँउ झारज्वालातिर चोर औंला देखाई । दशवटै औंला नचाएर लगातार खुशी ब्यक्त गरिरही । मैले अझै ठम्याउँन सकिँन । देब्रेहातले भतिजोलाई देखाई । दिदीले ल्याप्चे लगाएर आएको कुरामा यति धेरै खुशी ब्यक्त गरिरहेकी थिई कि म त्यो शब्दमा लेख्नै सक्दिनँ।

यो पनि हेर्नुहोस्

किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण? (भिडियो सहित)

छेउमै बसेको भतिजोले उल्था गर्यो 'सरकारले दिने अपाङ्ग भत्ताका लागि अस्ति बैंकमा गएर एकाउन्ट खोलेर आएको । त्यही कुरा गरेकी दिदीले ।'

सरकारले मासिक तीनसय रुपैया भत्ता दिन्छ मेरी दिदीलाई । केही समय अगाडिसम्म नगद बुझ्ने ब्यवस्था थियो । अहिले सम्वन्धित ब्यक्तिकै नाममा बैंक खाता खोलेर बार्षिक भत्ता राखिदिने ब्यवस्था गरेको छ । यो तीन सय रुपैंया ठूलो रकम होइन । तर 'सरकारले दिने मासिक भत्ता'ले दिदीको अनुहारमा दिएको खुशीको मुल्य त्यो तीन सय रुँपैयासँग दाँज्नै मिल्ने थिएन ।

दिदीको अनुहारमा त्यो अपार खुशी देखेर मन भावुक भयो । मेरा बाले, दाइले र मैले दिदीलाई दिँदै आएको भन्दा बढ्ता खुशी सरकारले दिदीको नाममा बैँकमा खाता मात्रै खोलेर दिएछ भन्ने सोँचे । मनलाई कता कता सकुन मिल्यो ।

संगीत घरका मालिक रमण (भिडियो रिपोर्ट)

'तिमीहरुका त हातखुट्टा सग्ला छन, गरेर खान सकौला । यसको को छ र ! के गरेर खाली ?' भन्नुहुन्थ्यो बाले। घरको अविभावकलाई सद्दे सन्तानको भन्दा अपाङ्ग सन्तानको पीरले बढता थिच्छ। बालाई बाँचुन्जेलसम्म दिदीकै चिन्ताले थिचिरह्यो ।

स्वभाविक हो । घरको अविभावकलाई सद्दे सन्तानको भन्दा बढता पीर अपाङ्गकै लाग्नु । जो बिरामी छ उसैकै बढी चिन्ता लाग्छ । जो कमजोर छ उसैप्रति बढता प्रेम र स्नेह जाग्छ । बाले नि दिदीकै बढी चिन्ता गरे। दिदीलाई बढी माया गरे । बालाई बाँचुन्जेल अपाङ्ग दिदी सम्झेरै खाएको खाना शरिरमा लागेन ।

बाले दिदीका लागि गरेको चिन्ताको सारलाई सरकारले दिदीका नाममा खोलिदिएको बैँक खातासँग जोडे मैले । सम्झेँ: 'हामी कोही नभएपनि दिदीका लागि सरकार त र छ !' यतिले पुग्ने त होइन । तर, बेलुका झिसमिसे अध्यारो हेरेर भरोसाको बिउमा टुसा पलाएको महशुस भने गरेँ मैले ।

भोलि बिहानै दिदीले रगतले लतपतिएको खुट्टाको बुढीऔंला देखाई । मेरो आश्चर्यलाई औंलाले इशारा गरेर सम्झाई 'बाटोमा लडे ।' खुट्टाको हिलोलाई रगतले बगाउँदै थियो । भतिजोले गजपिस र बेटाडिन ल्यायो । मैले जानीनजानी बाँधे । उसले भन्यो- 'दिदी त कति लडछे लड्छे ।'

यसरी लडेर लागेका घाउका खाटा मेरा दिदीका शरीरमा अनगिन्ति छन् ।

गाउँ, जहाँ सामान्य मान्छेलाई हिँड्ने बाटो बनाउन मुश्किल छ त्यहाँ शारीरिक अपांगका लागि भनेर के 'डिमान्ड' गर्नु ? मैले दिदीलाई औँलाको इशाराले उल्टो सम्झाउने प्रयास गरे-'विस्तारै हेरेर हिँड्नु पर्छ ।' मनभित्र अर्को आन्दोलन उठ्यो -'दिदी त देख्न सक्छे । बिस्तारै भएपनि हेरेर हिँड्ली । तर जसले हातमा 'ह्वाइट केन' अर्थात् सेतो लठ्ठी बोकेर बाटो छाम्दै हिड्छन्- उनीहरु कति ठाउँमा लड्दा हुन् ।

मनलाई थामथुम पारे र काठमाडौं फर्कें ।

संयोग ! बेलुका दरवारमार्गमा 'ह्वाइट केन'ले बाटो छाम्दै गरेको एक अधवैंसे भटेँ । उनी महेन्द शालिकको पश्चिमतिरवाट पूर्वतिर बाटो काट्न संघर्ष गर्दै थिए । 'सर पारि एउटा रोधीघर छ। मलाई त्यहाँसम्म लगिदिनु हुन्छ ?' बिजुलीको खम्वातिर ठोक्किनै लागेका उनको हात समातेर मैले पारि तारेँ ।

त्यो रोधीघरमा पियानो बजाउने कलाकार थिए उनी।

उनको देब्रेहात समातेर पारि तार्दै गर्दा बिहानै मात्र थामथुम पारेर जुम्लामै छोडेर आएको मेरो मनभित्रको संवेग फेरि उप्कियो । 'दिदी जो देख्न सक्छे । बाटो काट्ने संघर्ष गर्नु पर्दैन। यमराजजस्ता गति छोडेर आउने सवारीसाधनको डर हुन्न गाउँमा र पनि उसका शरिरमा त अनगिन्ति घाउका खाटा छन्' भन्थ्यो भतिजोले।

देशको राजधानी भन्नु मात्रको शहर हो- काठमाडौँ । जहाँ बाटो कम र ज्यान लग्ने खाल्डा बढी छन् । बटुवाको लागि भनेर कहिँकतै त एकबित्ताको बाटो पनि छुट्याइएको छैन । हिँड्नलाई भनेर कतैकतै छुट्याइएको बाटोमा समेत बिजुलीका पोल र अब्यवस्थित खम्वाले बाटो सर्लक्कै छेकिदिएका छन् । यो बाटोको आवश्यकता हामीलाई भन्दा बढी शारीरिकरूपमा अपांगलाई छ भन्ने बिर्सेर गाडीको प्याडल र मोटरसाइकलको एक्सिलेटर अझ जोड्ले थिचेर/बटारेर दौडिन्छन मान्छेहरु ।

हामी देख्न सक्नेले त यस्ता अवरोधलाई छलेर हिँडौला । तर, दृष्टिविहीनले कसरी हिँड्ने ? कसरी बाटो काट्ने ? यस्ता ज्यानमारा खाल्डा, अब्यवस्थित ठडाइएका बिजुलीका पोल र हिँड्ने बाटो नभेटाएकै कारण ठोक्किएर लागेका घाउका खाटा उनीहरुका शरीरमा कति होलान् ?

मैले उनलाई प्रश्न गरे ।

'झण्डै ठोकिनु भयो है बिजुलीको खम्वामा ?'

उनले दिएको जवाफले म अवाक् भएँ ।
'बिजुलीका खम्वामा ठोकिएर र खाल्डोमा परेर लागेका घाउले हाम्रो शरीर कहाँ सग्लो छ र सर !' हिजोदेखि मनभित्र उद्द्लित भएको बिषय थियो यो । उनको यो जवाफले मेरो मुटुसम्मै छोयो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार जम्मा जनसंख्याको १.९४ प्रतिशत शारीरिक अपांगको संख्या छ नेपालमा । यो संख्या भनेको पाँचलाख १३ हजार तीन सय २१ हो। अप्रत्यक्ष/ अप्रत्यक्ष यी सबैको साझा समस्या यही हो । कतिलाई हिड्ने बाटो छैन । कतिलाई हिँड्न बाटो छैन ।

साहित्यकार झमककुमारी घिमिरेलाई आमाले हरेकपटक काठमाडौँ आउँदा पिठ्यूमा बोकेर हिँड्ने गरेको चित्र आँखामा नाँच्यो । ह्विलचेयर गुडाउन सक्ने बाटोको मात्र ब्यवस्था गर्न सकेको भए। उनी ह्विलचेयरमा वस्थिन् । गुडाएर लग्न मिल्थ्यो । घिमिरेको उपचार र सहयोगमा संलग्न अनिता लामा भन्थिन्- 'काठमाडौँमा बोलाउँ भन्यो भने सबैभन्दा बढी झमक घिमिरेको आमालाई सास्ती हुन्छ । ह्विलचेयरमा राखेर गुडाउन मिल्ने बाटो मात्र भएनि झमकलाई काठमाडौं आउँन सहज हुन्थ्यो । आमाले पिठ्युमा नबोकी बाटो कटिन्न । त्यसैले झमक काठमाडौं आउँन दिक्दार मान्छिन् ।'

यो पृथ्वीको अर्को कुनामा भएको बिकास र अविष्कारका बारेमा हामी यति विशाल जानकारी राख्छौ कि हामीसँग कसैले वहस गर्नै सक्दैन । तर, त्यो बिकास र अविष्कारलाई लागु गराउने कुरामा हामी पुछारमै पुग्छौँ । यसमा चाँहि हामी कसैलाई उछिन्नै सक्दैनौ ।

हाम्रो न्युजरुममा दृष्टिविहीन मित्र छन्- जीवन बनिँया । उनी समाचार लेख्छन् । दृष्टिविहीनले कसरी लेख्न सक्छ भन्ने ठान्नुहोला । यो सत्य हो कि उनी समाचार लेख्छन् । गएको महिना मैले उनलाई सोधेँ- 'काम गर्न गाह्रो भइरहेको छ ?' 'दृष्टिविहीनलाई कम्प्युटरमा टाइप गरेर समाचार लेख्ने बिषयभन्दा गाह्रो अरु के हुन सक्छ ?' मैले सोधेको यस्तो प्रश्नले म आफैं लज्जित भएँ । तर, उनले दिएको जवाफले मलाई रिंगटा नै लाग्यो । उनले भने 'सर मलाई बाटो क्रस गर्दा गाडीले बाटो दिन्न- गाह्रो हुन्छ । बाटो हिँड्दा जताततै पोलमा ठोकिन्छु- गाह्रो हुन्छ । जता पुग्यो खाल्डोमा मात्र भासिन्छु- त्यो बेला गाह्रो हुन्छ । सर, मैले कुनै दिन यो देशको प्रधानमन्त्रीलाई भेट्ने मौका पाएँ भने एकदिन मात्रै आँखा चिम्लेर हिँड्नुहोला भन्ने छु ।'

पोलमा ठोकिएर लागेको घाउको दाग निधारमा देखाउँदै सहकर्मी जीवनले भने- 'मलाई बोटो सम्झेर पो गाह्रो हुन्छ । लेख्न गाह्रो हुन्न ।' मैले जुन कुरा उनका लागि गाह्रो हुनसक्छ भन्ने सोचेको थिएँ, त्यो उनका लागि गाह्रो थिएन । जुन कुरा मैले सामान्य सोचेँ, त्यो उनका लागि गाह्रो थियो।

जीवनले मेरो लज्जालाई छोपिदए ।

हेर्नुहोस् जीवनले लेखेका केही स्टोरीहरू

लोक गायिका जेरीको संघर्ष कथाः सडकपेटीदेखि दोहोरीसाँझसम्म

गार्मेट उद्योग, सिनेमा र विद्यालय- करिश्मा मानन्धर

म एघार दिनको हुँदा मेरी सुत्केरी आमालाई घरबाट निकालियो- गायिका टिका सानु

बुबाका कारण स्टार बनेकी मेलिना राई

श्रीमानले छोडेकी दुबै खुट्टा नभएकी गायिका सुभद्राको जिउने अठोट

सुदूरपश्चिममा अधिकृत रहेका मेरा एकजना आफन्त दाइलाई भेटें नेपालगञ्जमा । उनीहरु अमेरिकाको एउटा शहरसँग 'सिष्टर सिटी'को परिकल्पनाबारे वहस गर्दै थिए । अहिले त्यो वहस कहाँसम्म पुगेको छ म जानकार छैन । तर, यस्ता वहस अहिले नेपालका हरेक नगरपालिकामा चल्छ जस्तो लाग्छ । गएको महिना मात्र काठमाडौँ उपत्यकाको एक नगरपालिकाले अमेरिकाको एउटा शहरसँग 'सिष्टर सिटी' सम्वन्ध स्थापना गर्यो भन्ने समाचार पढेँ । विकसित मुलुकका विकसित शहरसँग सम्वन्ध स्थापना गरेर हामी पनि विकसित भैसकेको स्थापित गराउँन चाहन्छौ । खोक्रो बिकास देखाउँन चाहन्छौँ ।

अमेरिकाको एक नाम चलेको विश्वविद्यालयमा प्राध्यापक छन् मेरा एक मित्र । गएको वर्षदेखि उनी नेपालको एउटा नाम चलेको कलेजलाई सम्वन्धन दिलाउने काममा लागेका छन् । विश्वविद्यालयले 'अपांगका लागि भौतिक संरचना नभएको' भनेर एकपटक 'रिजृक्ट' गरिसक्यो । तैपनि उनी बल गर्न छोडेका छैनन् ।

विकसित मुलुकले सबैभन्दा बढी संरक्षण शारीरिक अपांगलाई दिएका छन भन्ने सत्यलाई सर्लक्कै बिर्सदैछ हाम्रो बिकासको गतिले । र, हामी खोक्रो विकासलाई स्थापित गराउन लागिपरेका छौँ ।

यो पनि पढ्नुस

परदेशमा रहेर घरदेशको चिन्ता गर्ने हामीलै नै हो, हामीले नगरे कसले गरिदेला: राजदूत शर्मिला पराजुली ढकाल

नमूना स्कुलको नमूना काम : भण्डारा दाजुभाइलाई शिक्षाको न्यानो घाम (भिडियोसहित)

संगीत घरका मालिक रमण (भिडियो रिपोर्ट)

शारीरिक अपांगका लागि भनेर हिँड्ने बाटो र सडक पेटीको कल्पना गरियो भने त्यो बाटो त उनीहरुले मात्र प्रयोग गर्ने होइनन् । तर, सबैभन्दा बढी कृतज्ञ उनीहरु नै हुने हुन् । जसरी राज्यले अपांग (शारीरिक/मानसिक)का लागि भनेर बैंक खाताको ब्यवस्थापनबाट उनीहरुको खुशीमा रंग थपेको छ, त्यसैगरी कम्तिमा उनीहरुका लागि बाटोको बिषयमा सरकार संवेदनशील भैदियो भने न्युनतम बिकासको जग बस्न सक्छ । त्यसपछि हामीले जीवनसँग लजाउनुपर्ने दिन बाँकि नरहन सक्छ ।

सरकारले अपांगको नाममा बैक खाता खोलेर दिएको खुशीजस्तै म कुनै दिन शारीरिक अपांग बिना अवरोध बाटोमा हिड्डुल गर्न पाउँदाको खुशी लेख्न चाहन्छु ।

कम्तिमा देशको राजधानीजस्तो ठाउँमा एउटा ह्विलचेयर गुडाएर शारीरिक अपांग हिड्न सक्ने, दृष्टिबिहीनले खाल्डोमा नलडिकन, पोलमा नठोक्किकन हिँड्न पाँउने वाटोको परिकल्पना त गरौँ ।

Comments