नेपालकाे शिक्षामा ‌किन महत्वपूर्ण बन्दै‌छ, लर्निंङ म्यानेजमेन्ट सिस्टम

तस्बिरः बिएल

नेपालको शिक्षाको इतिहास हेर्ने हो भने गुरुकुल तथा घरमै(होम स्कूल)बाट सुरु भएको देखिन्छ भने औपचारिक रूपमा सन् १८५४ मा तत्कालिन श्री ३ जंग बहादुर राणाले दरबार स्कुलको स्थापना गरी सुरुवात गरेका हुन् |

सर्वसाधारणका लागि भने सन् १९०२ मा मात्र दरबार स्कुलले भर्ना खोल्यो| अहिलेको शिक्षा र स्कुलको पठनपाठन हेर्दा पहिलेभन्दा आकाश जमिनको फरक देखिन्छ| यसको पछाडि एउटै कारण छ, त्यो हो सुधारिएको सूचना प्रविधि सहित को पठनपाठन र क्रियाकलापकाे समावेशिता।

आज विदेशी स्कुल–कलेजसँग प्रतिस्पर्धा गर्न र आफ्ना विद्यार्थीलाई २१औं शताब्दीको लागि आवश्यक सीप तथा ज्ञान प्रदान गर्न नेपालका सम्पूर्ण स्कुल, कलेज तथा विश्वविद्यालय लागि परेका छन्| यस क्रमलाई राष्ट्र तथा विद्वत वर्ग, संघ संस्थाले पनि सघाउँदै आएका छन्। दातृ निकायले पनि नेपालकाे शिक्षा क्षेत्रलाई विशेषरुपमा सघाउँदै आइरहेका छन्|

याे पनि पढ्नुहाेस।

कालिकाेटकाे नमुना स्कुल

 

अहिलेकाे पुस्तालाई आवश्यक शिक्षाका लागि सूचना प्रविधिले कस्तो भूमिका खेल्न सक्छ? त्यसको प्रयोग उपयुक्त छ या छैन? यसले महत्वपूर्ण अर्थ राख्ने गरेकाे छ। 

प्रविधिको सहि प्रयोग भयाे भने त्यसले दिने नतिजा सँधै उपलब्धिमुलक हुन्छ भन्नेमा दुई मत नहोला| यस्तै एउटा प्रविधिकाे प्रयाेगबाट सञ्चालन हुने शिक्षाले विश्वलाई आकर्षित गरेकाे छ। जसबाट नेपाल पनि अछुताे रहन सकेकाे छैन।

लर्निङ म्यानेजमेन्ट सिस्टम (Learning Management System- LMS), जसले यतिबेला विश्वलाई आफूतर्फ आकर्षित गरेकाे छ।

यसले विद्यालय तथा कलेजमा अनलाईन मार्फत कक्षा सञ्चालन गर्ने गर्छ| यो प्रणाली प्रयाेग गरेर शिक्षकले अडियो, भिडियो, डकुमेन्ट, फोटो, आदिबाट पाठ्यक्रम तयार गर्न सक्छन् भने विद्यार्थीले सोही पाठ्यक्रम जुनसुकै बेला कम्प्युटर, मोबाईल ल्यापटप, ट्याब्लेट जस्ता डिभाइसको मद्दतले जहाँबाट पनि पढ्न पाउछन्|

यो प्रविधिको प्रयोग पश्चात शिक्षकले विद्यार्थीलाई गाइड गर्ने र उनीहरुको समस्या हल गर्ने अवसर जुट्ने गरेकाे छ।

नेपालमा यस प्रविधिको आंशिक प्रयोग गर्ने विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय लगायत छन्। पछिल्लो समय नेपाल खुल्ला विश्वविद्यालयले पूर्णरुपमा लर्निंङ म्यानेजमेन्ट सिस्टम (Learning Management System- LMS) को प्रयोग गरी शिक्षा दिदै आइरहेको छ | कुल ९ सय २ विद्यार्थीले यस विश्वविद्यालयबाट उच्चशिक्षा हासिल गरिरहेका छन्|

१ सय ५० शिक्षकले दैनिक अनलाईन मार्फत कक्षा संचालन गर्दै आइरहेको यस विश्वविद्यालयले समय अभाव, जागिर वा भ्रमणमा रहेका निजी वा सरकारी कर्मचारी र बिरामी, अपांगता भएका व्यत्तिहरुलाई शिक्षाकाे पहुँचबाट बन्चित हुन दिएकाे छैन।

नेपाल खुल्ला विश्वविद्यालय एक उदाहरण हो, जसले सूचना प्रविधिको सहि प्रयोग गरे शिक्षामा नयाँ आयाम थप्ने कुरालाई पुष्टी गरेकाे छ।

याे पनि पढ्नुहाेला।

फ्रान्समा एउटा शालिककाे कथा; बच्चा जन्माउन जस्काे गुप्ताङ मुसारिने गरिन्छ।

यस्तै कर्णाली प्रदेशमा रहेको कर्णाली नेटवर्क सभिसेजले पनि माथी भनेजस्तै विभिन्न प्रविधि विद्यालय तथा कलेजमा सुचारु गरी विधार्थीलाई शिक्षाकाे पहुँचबाट टाढिन दिएकाे छैन। यसले माइक्रोसफ्ट नामक विश्वब्यापी कम्पनीले दिने नि:शुल्क सफ्टवेयरमा Office 365 A1, सफ्टमेकरले दिने अफलाइन Free Office जस्ता थुप्रै सफ्टवेयर तथा LMS, EIMS, E-Library जस्ता प्रविधिको वितरण, विस्तार गरी कर्णालीकाे विकट जुम्लामा आफ्नो कार्यक्षेत्र संचालन गर्दै आएको छ|

कर्णाली नेटवर्क सभिसेजका सी.ई.ओ. जीवन महत नि:शुल्क उपलब्ध हुने Open Source सफ्टवेयर, तेस्तै थुप्रै संघ संस्थाले प्रदान गर्ने सफ्टवेयर, नि:शुल्क उपलब्ध हुने अपरेटिंग सिस्टमको प्रयोग, इन्टरनेटमा उपलब्ध अडियो, भिडिओ तथा अन्य पाठ्यक्रमको सही रुपमा प्रयोग गर्न सके आजका पिढीले सहि ज्ञान र सीप पाउने प्रष्ट्याउँछन्। 

सूचना प्रविधिको प्रयोग गरी सुधारिएको पठनपाठन प्रक्रिया लागु गर्न सके शिक्षामा कोही नछुटुन् र शिक्षा सबैको अधिकार भन्ने सरकारी नारा तथा योजनालाई मूर्तरुप दिन सकिने देखिन्छ|

यस्ता प्रविधिको प्रयोग कक्षा कोठामा कसरी गर्ने, पाठ्यक्रम कसरी तयार गर्ने, प्रस्तुती कसरी गर्ने भन्ने विषयमा शिक्षकवर्गलाई आधारभूत तालिम मार्फत सिकाउनुपर्ने, विद्यार्थीलाई उक्त प्रविधिको प्रयोग गर्न सिकाउनुपर्ने र विभिन्न क्षेत्र, समाजका व्यक्ति तथा बुद्धिजीवीलाई यस प्रविधिको प्रयोगको बारेमा अवगत गराउनु पर्ने देखिन्छ|

शिक्षामा सूचना प्रविधि को प्रयोगले दुरी, समय अभाव, शिक्षकको कमी, सम्पर्कको कमी, जागिर, आर्थिक, सामाजिक तथा भौगोलिक विकट्ता, बिरामी, अपाङ्गता, अंगभंग जस्ता कारणले शिक्षा प्राप्त गर्न नसक्ने बाध्यता स्वत हटेर जानेछ। 

सूचना प्रविधिले शिक्षामा नयाँ परिवर्तन ल्याउन टेवा दिन्छ भन्नेमा दुई मत नहोला। त्यसैले आजको शिक्षालाई बलियो र समय सापे‌क्ष बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य बनेको छ|

याे पनि पढ्नुहाेला।

 

Comments