एक राष्ट्रिय दैनिकको प्रथम पृष्ठमा प्रकाशित समाचारकोबीचमा रातो अविरको ठाडो टिका लगाएको उज्यालो अनुहारकी युवतीको फोटो छ। मेरो आँखा पहिले शीर्षकमा पुगे अनि फोटोमा, समाचार पक्कै सुखद् छैन।
किंबदन्ती अनुसार केदार युद्ध भएको स्थल पनि हो । यर्सथ पनि परापूर्वदेखि नै त्यही युद्धको झल्को दिनेगरी देउरो सँगै हातहतियार सहित चौलो खेल्दै अगी बढ्छन् मान्छेहरु । केदारको गाथ रहेको पश्चिमपट्टीको खुड्किलोमाथीको गरालाई खापरे भनिन्छ । केदारलाई खापरेले जेल हाल्दा खापेरसँग केदार पुत्र मोहन्यालको युद्ध भएको कथन र लोक आख्यानहरु अझै पनि जीवन्त छन् ।
पूजा गर्दैगर्दा जब पुजारीले आफू दलितकोमा पूजा गरिरहेको थाहा पाए, उनी केही बहाना बनाएर बाहिर निस्किए र फेरि फर्किएनन्। यो सत्रौ शताव्दीमा हैन, केही दिनअघि मात्र गणतन्त्र नेपालमा घटेको प्रतिनिधि घटना हो। यस घटनाले हाम्रो सोच र कोण कहिलेको रहेछ र हामी कतिको सामाजिक न्याय स्थापित गरिरहेका रहेछौ भन्ने कुराको ऐेना देखाइदिएको छ।
यो जिन्दगी एक छोटो कहानी न हो। सास टुटेपछि सिद्धिन्छ कथा पनि। यतैकतै रहन्छ तेरो मेरो भन्नु पनि। अनि छोडेर जानु पर्छ सबै जायजेथा। जिन्दगीको कमाई भन्नु त्यही अनुभव, ज्ञान र सम्झना न हो। विदेशमा कमाएको ज्ञान सीप लिएर स्वदेश फर्कन चाहन्छन् धेरै मनहरु।
वाराणसीमा आफूले गरेको सङ्गतबाट साधु समाजमा विकृति र विसंगतीहरूको थुप्रो देखेपछि उनको मन वितृष्णाले भरियो। त्यसपछि उनले साधु, जोगी र सन्यासीहरूको सङ्गत सधैका लागि त्यागिदिए। साधु सन्यासीहरूको संगतको बेला एक वर्षसम्म उनी शनिबारका दिन मौन ब्रतसमेत बसेका थिए। त्यसबेला उनलाई मानिसहरूले जोगी हुन्छ भनेर भन्ने गरेको कुरा उनी अहिले पनि हाँसेर बताउने गर्छन्।
यो हप्ता हामी नेपालीले राष्ट्रियस्तरमै ख्यातनामा दुई वरिष्ठ सञ्चारकर्मी गुमायौँ। संयोगको कुरा, तीन दिनको अन्तरालमा महाप्रस्थान गरेका ती दुवैजनाको पहिलो नाम 'विनय' थियो। पहिलो विनय थिए- विनय गुरुवाचार्य, एजेन्सी पत्रकारिताका धरोहर। दोस्रो थिए- विनय कुमार कसजु, ग्रामीण तथा वातावरण पत्रकारिताका हस्ती। दुई विनय फरक विधाका आयामका पत्रकार भए पनि दुबैमा एउटा समानता थियो- नामजस्तै विनयशीलता।
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019